
Abdelmadjid Tebboune
अल्जेरिया, आधिकारिक रूपमा जनवादी प्रजातान्त्रिक अल्जेरिया, उत्तरी अफ्रिकाको एक देश हो। अल्जेरियाको उत्तरपूर्वमा ट्युनिसिया रहेको छ भने पूर्वमा लिबिया, दक्षिणपूर्वमा नाइजर, दक्षिण पश्चिममा माली, मौरिटानिया र पश्चिममा मोरोक्को र उत्तरमा भूमध्य सागरद्वारा घेरिएको छ। यसलाई उत्तरी अफ्रिकाको मगरेब क्षेत्रको एक भाग मानिन्छ। अर्ध-शुष्क भूगोल रहेको यस देशको अधिकांश जनसङ्ख्या उर्वर उत्तरमा बसोबास गर्दछन् र सहारा दक्षिणको भूगोलमा हावी छ। अल्जेरिया २,३८१,७४१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ, जसले गर्दा यो क्षेत्रफलको आधारमा विश्वको दसौँ ठूलो राष्ट्र र अफ्रिकाको सबैभन्दा ठूलो राष्ट्र हो। ४ करोड ४० लाख जनसङ्ख्या भएको अल्जेरिया अफ्रिकाको नवौँ सबैभन्दा बढी जनसङ्ख्या भएको देश हो र विश्वको ३२औँ सबैभन्दा बढी जनसङ्ख्या भएको देश हो। यसको राजधानी र सबैभन्दा ठूलो सहर अल्जियर्स हो, जुन भूमध्यसागरीय तटको सुदूर उत्तरमा अवस्थित छ।







