पारिवारिक जिम्मेवारीहरू
पितृत्व विदा
श्रम ऐनले बच्चा जन्मिएको समय पारेर पन्ध्र दिनसम्म पुरुष श्रमिकलाई तलबी पितृत्व विदा (सुत्केरी स्याहार विदा) रोजगारदाताले उपलब्ध गराउनु पर्ने तोकेको छ । यदि प्रसुती भएको साठी दिन अघि श्रीमतीको मृत्यु भएमा, श्रमिकले आफ्नो रोजगारदाताबाट सुत्केरी विदाको वाँकी अवधिबाट (अधीकतम सुत्केरी विदा १४ हप्ता हो) तलबी विदा लिन सक्छ ।
श्रोत: श्रम ऐन २०७४ को §४५, ( ६ र ७)
अभिभावक विदा
अभिभावक विदाको कुनै प्रावधान श्रम ऐनमा छैन । यद्दपी, सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार २०७५ अन्तरगत, गर्भवती श्रमिकले चिकित्सकको सिफारीसमा अधीकतम एक वर्षको बेतलबी विदा लिन सक्नेछिन् ।
श्रोत: सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य ऐन (२०७५) को §१३
अभिभावकहरूका लागि लचिलो कामको विकल्प / काम र जीवनको सन्तुलन
श्रम ऐन २०७४ मा नावालीग बच्चा र अन्य पारिवारिक जिम्मेवारी भएका श्रमिकहरूका लागि लचिलो कामको विकल्प छैन । सामान्यतया यस कानुनले आंशिक काम र त्यसका शर्तहरू परिभाषित गर्छ । सहमती बिना आंशिक काममा कुनै श्रमिकलाई लगाउन सकिदैन ।
श्रोत: श्रम ऐन २०७४ को §१९
विशेष अवस्थाका लागि बिदा
श्रम ऐनले धार्मिक शोक, जीवनसाथीको मृत्यु, वा विवाहित महिलाहरूको हकमा आमाबुबा वा ससुराली पक्षका आमाबुबाको मृत्युको लागि १३ दिनको तलब सहितको शोक बिदाको व्यवस्था गरेको छ।
स्रोत: श्रम ऐनको धारा ४८
पारिवारिक जिम्मेवारीका नियमनहरू
- Nepal Labour Act, 2017